
काठमाडौँ, रामेछापमा शुक्रबार दिउँसो २ः१४ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्र रामेछाप जिल्लाभित्र रहेको भए पनि यो कम तीव्रताको भएकाले ठूलो क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ। तर, आसपासका जिल्लामा हल्का कम्पन महसुस भएको स्थानीयले बताएका छन्।
नेपाल भूकम्पीय दृष्टिले अति संवेदनशील क्षेत्र भएकाले समय–समयमा साना–ठूला धक्का महसुस भइरहेका हुन्छन्। भूकम्प विज्ञका अनुसार यस्ता साना धक्काले सामान्यतया क्षति नगर्ने भए पनि सतर्कता आवश्यक हुने बताइन्छ।