Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम आफूले सिफारिस नगरेको स्पष्ट पारेका छन्।

आइतबार राजधानीमा आयोजित सम्पादकहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले भने,

“संविधान र लोकतान्त्रिक प्रक्रियाभित्र रही नयाँ प्रधानमन्त्रीको खोजी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो, तर त्यसमा सुशीला कार्कीको नाम समावेश छैन।”

ओलीका अनुसार उनले राष्ट्रपतिलाई पठाएको सिफारिस पत्रमा कार्कीको नाम कतै उल्लेख छैन। उनले उक्त सिफारिसको ब्योरा पढेर सुनाउँदै यसबारे स्पष्ट गरेका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले संविधान र संसद् सञ्चालन हुन नहुने भन्ने प्रस्ताव आफूले राष्ट्रप⁠ति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई नै स्पष्ट रूपमा भनेको दाबी पनि गरे।

> “संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो, र उहाँहरूले त्यसलाई स्वीकार गर्नुभएको थियो,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय