Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

वीरगञ्ज, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका सामान आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो।

गत वर्ष यस्तै अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँका वस्तु आयात भएका थिए। यस वर्ष ३४ अर्ब २३ करोड रुपैयाँ मूल्यका सामान बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार आयातमा उल्लेख्य वृद्धि देखिएको छ। प्रमुख आयात वस्तुहरूमा पेट्रोलियम पदार्थ सबैभन्दा माथि रहेको छ, जसको मूल्य ३८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

त्यसपछि फलाम तथा फलामका सामग्री (१९ अर्ब ८४ करोड), मेसिनरी तथा पार्टपुर्जा (१५ अर्ब ५७ करोड), भटमासको कच्चा तेल (१४ अर्ब ८० करोड), मलखाद (१२ अर्ब ८१ करोड), कपडा (१२ अर्ब १६ करोड), र इलेक्ट्रिक उपकरण (१२ अर्ब ६ करोड) प्रमुख रूपमा रहेका छन्।

यस्तै, १० अर्ब १२ करोड रुपैयाँ मूल्यका यातायातका साधन र तिनका पार्टपुर्जा पनि सो अवधिमा वीरगञ्ज नाकाबाट आयात भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय