हेटौंडा, जारी एन्फा प्रेसिडेन्ट लिगमा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्स क्लबले पहिलो जीत दर्ता गरेका छन्।
आइतबार हेटौंडाको गौरीटार रंगशालामा लालीगुराँसले बर्दियाको जनजागृती युवा क्लबलाई ४–० गोलले पराजित गर्दा, विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४–१ ले हरायो।
लालीगुराँसका आशिष गुरुङले ह्याट्रिक गर्दै खेलका प्लेयर अफ दि म्याच बने भने विजयका निराज चौधरीले पनि ह्याट्रिक गर्दै टोलीलाई पहिलो जीत दिलाए।
१० टिम सहभागी लिग कम नकआउट प्रणालीमा मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।


