Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

नोभेम्बर ८, २०२५मा हेरिटेज पेजेन्ट्स २०२५ को भव्य समापन समारोह थाइल्यान्डको एशियाटिक, बैंकक मा शानदार रूपमा सम्पन्न भयो। एक हप्तासम्म चलेको संस्कृति, विविधता, जातीय पहिचान, सौन्दर्य र सशक्तीकरणको उत्सवका रूपमा यो अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वका सुन्दरताको दूतहरूबीच बौद्धिकता, सौन्दर्य र सांस्कृतिक सम्पदाको अद्भुत उत्सव मनायो। प्रतियोगितामा मिसेस मिसतर्फ नेपालकी प्रतिनिधि दुर्गा ढकालले आत्मविश्वास र शालीनताका साथ उत्कृष्ट प्रदर्शन गर्दै मिसेस हेरिटेज इन्टरनेशनल २०२५ की तेस्रो रनरअप बन्न सफल भइन्। उनले आफ्नो समर्पण र उत्कृष्टताका लागि डिलिजेन्ट अवार्ड पनि प्राप्त गरिन्।

त्यस्तै, मिसतर्फ दिव्या पत्राले मिस हेरिटेज इन्टरनेशनल २०२५ मा चौथो रनरअप उपाधि जित्दै, कन्जेनियलिटी अवार्ड पनि हासिल गरिन्, जसले उनको मित्रता, सहकार्य र सौहार्दपूर्ण व्यक्तित्वलाई सम्मानित गर्‍यो। मिसेस हेरिटेज इन्टरनेशनल २०२५ को विजेता म्यानमार रह्यो, जबकि फिलिपिन्स पहिलो रनरअप, मङ्गोलिया दोस्रो रनरअप र स्विडेन चौथो रनरअप बने। त्यस्तै, मिस हेरिटेज इन्टरनेशनल २०२५ को उपाधि मङ्गोलिया ले जित्यो। केन्या पहिलो रनरअप, नेदरल्याण्ड्स दोस्रो रनरअप, सिंगापुर तेस्रो रनरअप बने।

प्रतियोगीहरूले आफ्ना देशका नेशनल कस्ट्युम, थाई सिल्क पोशाक र इभिनिङ गाउनहरू मार्फत सांस्कृतिक गर्व र सौन्दर्यको उत्कृष्ट प्रदर्शन गरे। साथै, थाई परम्परागत नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई झन् मनमोहक र जीवन्त बनायो। कार्यक्रमको सञ्चालन र कोरियोग्राफी नेपालका ख्यातिप्राप्त फेसन कोरियोग्राफर रोजिन शाक्य ले गरेका थिए, जसमा भारतका जयेश पाटिल ले डान्स कोरियोग्राफरको रूपमा र दुर्गा बिशुराल ले इभेन्ट कोअर्डिनेटरको रूपमा भूमिका निर्वाह गरे।प्रतियोगिता ई–प्लानेट सिंगापुर प्रा.लि. का अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेशनल डायरेक्टर सुसान कोहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरिएको हो।

प्रतियोगिताको निर्णायक मण्डलमा फन्टिप श्रीवरान्यु ( मिसेस हेरिटेज इन्टरनेशनल २०२२विजेता), मोनजोल डासबालजिद (मिसेस हेरिटेज इन्टरनेशनल २०२३ रनरअप), जो नो साउ (मिसेस हेरिटेज इन्टरनेशनल २०२४ रनरअप), बिभा बस्नेत (मिसेस हेरिटेज इन्टरनेशनल २०२४ विजेता) र राजेश बिशुराल, (महासचिव, नेपाल फिल्म सोसाइटी) रहेका थिए ।

कार्यक्रममा “हेरिटेज इन्टरनेशनल अवार्ड्स २०२५” मार्फत उल्लेखनीय व्यक्तित्वहरूलाई सम्मानित गर्‍यो। सिंगापुरकी एग्नेस लिमलाई “आउटस्ट्यान्डिङ वुमन इन्टरप्रेन्योर अवार्ड २०२५” प्रदान गरियो। नेपालका समाजसेवी एवं व्यवसायी टंक नाथ पौडेललाई “हेरिटेज सोसल एक्टिभिस्ट अवार्ड २०२५” बाट सम्मानित गरियो भने सिंगापुरकी इरिन् कङलाई “इन्स्पायरिङ वुमन अफ हेरिटेज अवार्ड” प्रदान गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय