Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

नेवार समुदायको सांस्कृतिक पहिचान र जातीय सौन्दर्यलाई केन्द्रमा राखेर आयोजना भएको मिस टिन नेवाः वर्ल्ड र मिष्टर नेवाः वर्ल्ड ११४६ प्रतियोगिताको भव्य फाइनल सम्पन्न भएको छ। प्रतियोगितामा मिस टिन नेवाः वर्ल्ड ११४६ तर्फ सजगता मानन्धरले विजेताको ताज पहिरिन सफल भएकी छिन् । वेष्ट नेपाल भाषा र वेष्ट वाकको अवार्ड सहित विजेता बनेकी सजगतालाई पूर्व कुमारी तृष्णा शाक्यले विजेताको ताज लगाइदिएकी थिइन् । प्रतियोगितामा फ्रेन्डशीप, कन्फिडेन्ट र वेष्ट अटायरको अवार्ड सहित प्रार्थना श्रेष्ठ फस्ट रनर अप चयन भइन् भने वेष्ट स्कीन, र ट्यालेन्ट अवार्ड सहित युरिना महर्जन सेकेन्ड रनर अप तथा ब्युटी विथ पर्पस र मोस्ट पपुलर अवार्ड सहित स्नेहा श्रेष्ठ थर्ड रनर अप चयन भइन् । स्नेहालाई जगत सुन्दर ब्वनेकुथिको ब्रान्ड एम्बेसडरका रुपमा पनि छनौट गरिएको थियो । नेपालको जिवित सांस्कृतिक सम्पदाका रुपमा पुजिएका पूर्व कुमारीहरु नानी मैंया शाक्य, रश्मिला शाक्य, प्रिति शाक्य, मतिना शाक्य र तृष्णा शाक्यको उपस्थिति र उहाँहरुको सम्मान पूजा सहित आरम्भ भएको सो कार्यक्रम श्रीखण्ड तरुमुल महाबिहारका अध्यक्ष इन्जिनियर डिल्ली रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशेष अतिथिमा जगतसुन्दर ब्वनेकुथीकी प्रिन्सिपल सुनिता मानन्धर, लोटस माइन्डफुलनेस एन्ड रिल्याक्सेशनका प्रमुख तिर्थ शाक्य, समाजसेवी दिमक बाराही, तथा मिस होस्टल नेपालकी फस्ट रनर–अप बन्दना खरेल रहेका थिए। रेक्स इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रंजीतकार आयोजक रहेको सो कार्यक्रम राजधानी शहरको भृकुटीमण्डपस्थित द ब्लु पभेलियनको प्रेक्षालयमा संचालन भएको थियो ।

संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण एवं कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितको मिष्टर नेवाः वर्ल्ड ११४६ तर्फ नितिभ श्रेष्ठले विजेता उपाधि उचाल्न सफल भए । उनले विजेता सहित वेष्ट स्कीन, रैम्प वाक र वेष्ट अटायरको अवार्ड पनि प्राप्त गर्न सफल भए । प्रतियोगितामा ट्यालेन्ट र इन्क्विीसिटिभ अवार्ड सहित सक्षम श्रेष्ठ फस्ट रनर अप तथा सोसल एम्बेसडरको अवार्ड सहित कलस मानन्धर सेकेन्ड रनर अपका रुपमा छानिएका थिए । प्रतियोगिता मिस टिन तर्फ ज्योति तुलाधर र मिष्टर तफ रुद्र शाही अर्गनाइजर च्वाइस अवार्डमा विजेता छानिएका थिए । कार्यक्रममा लेखक एवं साहित्यकार विक्रम भक्त जोशीको निकथासंग्रह चोभार ब्लुजको पनि विमोचन गरिएको थियो । कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गरेका पूर्व कुमारीहरुद्वारा संयुक्त रुपमा उक्त विमोचन गरेका थिए । बरिस्ठ पत्रकार श्याम स्मृत र साहित्यकार बिक्रम भक्त जोशी सम्मानित हुनु भएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा द मल्ल होटल एचआर तथा एड्मिनका निर्देशक एवं गायक सर्जु रन्जित, जुबिलियान्ट कलेजका प्रिन्सिपल ऋषि प्रसाद न्यौपाने, नेवार समुदायको परंपरागत बाजाहरुका प्रशिक्षक एवं लस्टमाण्डुका संचालक कृष महर्जन, मोडल एवं नेवार प्रिजर्भस् संचालक समन बज्राचार्य तथा नेवाः आइडल विजेता आश्रय रंजीत मिष्टर तर्फका निर्णायक थिए । मिस टिन विधामा भने सबी फोर लेडिज वेयर फेसन डिजाइनर सबी स्थापित, मिस नेवाः आइकन ११४५ का फस्ट रनर अप रत्नीता शाक्य, मेकअप आर्टिष्ट एवं इन्फ्लेन्सर परी शाक्य, मिस विभा २०२५ का फस्ट रनर अप निशिता जोशी तथा मोडल अप्रभि महर्जन निर्णायकका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय