Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

नेवार समुदायको सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवाः मैंचा बौचा ११४६’ प्रतियोगितामा ‘नेवाः मैचामा अनुसिया मानन्धर विजेता, सामना महर्जन मल्टिमिडिया अवार्ड सहित विजेता र नेरिशा महर्जन सेकेन्ड रनरअप छनौट भएका छन् । नेवाः बौचामा पर्सनालिटी अवार्ड सहित निर्वेश श्रेष्ठले उपाधि जित्न सफल भएका छन् भने अथर्व प्रधान फस्ट रनरअप र अनम दर्शी वज्राचार्य सेकेन्ड रनरअप घोषित भएका छन् । कलाकार नारायदेवी प्रधान आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संजय महर्जन कार्यकारी अध्यक्ष र वर्षा महर्जन प्रबन्ध निर्देशक रहेको कलस इभेन्ट्सको ब्यानरमा प्रस्तुत गरिएको थियो । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको सो प्रतियोगिता रोहिया महर्जनको कोरियोग्राफी सम्पन्न भएको थियो भने कार्यक्रममा सितु महर्जन डान्स कोरियोग्राफर र डिनाज फेसन हाउसकी डिना गुरुङ ड्रेस डिजाइनर थिए।

प्रतियोगितामा मेधावी तुलाधरले अनुशासन, उन्नति बज्राचार्यले एक्टिभ, निभा महर्जनले शैक्षिक, जैज्बी यचु श्रेष्ठले बुद्धिमान, अकिला शाक्यले चित्रमय, सियोना मानन्धरले सहपाठ्यक्रम, उत्सव श्रेष्ठले उत्कृष्ट पोशाक, समृद्धि महर्जनले शैली आइकन, पुवा उर्जा तुलाधरले उत्कृष्ट मुस्कान, अभिषेक श्रेष्ठले आकर्षक, युवानी महर्जनले उत्कृष्ट नेपाल लिपि, ऐशना महर्जनले नेतृत्व, अर्दिता महर्जनले उत्कृष्ट संस्कृति, प्रसन्न महर्जनले प्रतिभा, सदिच्छा महर्जनले उत्कृष्ट नेपाल भाषा तथा आराग्या तुलाधरले इनोसेन्ट उपाधि प्राप्त गरे। प्रतियोगितामा शिक्षाविद् रामेश्वर श्रेष्ठ, मोडल तथा नायिका सृष्टि महर्जन, गायक उजन शाक्य, न्यु जेनिथ इङ्लिस मोर्डन स्कुलका संस्थापक प्रिन्सिपल राजु महर्जन र रन्जना लिपि विज्ञ लालिमा श्रेष्ठ निर्णायक थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय