एभरेष्ट इभेन्टस्को ब्यानरमा आयोजना भएको दोस्रो संस्करणको एनप्लस प्रोफेसनल फेश अफ सुपर मोडल विजेता चयन भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको फाइनल प्रतिस्पर्धामा सोनाम तामाङ र प्रशंसा बुढाथोकीले विजेताको अवार्ड उचाल्न सफल भएका छन् । प्रतियोगितामा मिजल देउला र रिस्ता गिरीले फस्ट रनर अपको उपाधि हात पार्दा विवेक दनुवार र निलम रिजालले सेकेन्ड रनर अपको स्थान ओगट्न सफल भएका छन् ।

एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगितामा सहभागिहरुले भ्यालेन्टिनो बुटिकका पहिरनमा आ आफ्नो प्रस्तुति दिएका थिए भने प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए । सहभागिहरुको हेयर एण्ड मेकअपको जिम्मेवारी आशिका एकेडेमीले सम्हालेको थियो । प्रतियोगिताको अन्य मुख्य उपाधिहरुमा कुन्साङ तामाङ र अनिशा श्रेष्ठ ब्राण्ड एम्बेसडर, मानव यादव र स्कृति रसाइली अर्गनाइजर च्वाइस, पूजा घर्ती मगर पब्लिक च्वाइस तथा कुशल सिजापति र स्वस्तिका साह भ्यालेन्टिनो द बुटिकका लागि ब्रान्ड एम्बेसडरका रुपमा चयन भएका थिए ।



