Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

जनकपुरधाम, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नं. ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ ।पार्टीको क्षेत्रीय बैठकले संगठन सुदृढीकरण र क्षेत्रीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित झालाई संयोजकको जिम्मेवारी दिएको जनाइएको छ ।

केन्द्रीय उपाध्यक्ष तथा सो क्षेत्रका सम्भावित प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजीव झाका अनुसार नयाँ नेतृत्व चयनसँगै धनुषा–३ मा संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधि अझ सक्रिय हुने छन् ।नवनिर्वाचित संयोजक झाले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतासम्म पु¥याउन प्रतिबद्ध भएर काम गर्ने बताए । उनले क्षेत्रका नेता, कार्यकर्ता र समर्थकलाई एकताबद्ध गर्दै पार्टीलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहने बताएका छन् ।

सो अवसरमा पार्टीका केन्द्रीय सचिव संजय चौधरी, अनुशासन विभाग प्रमुख संजय सिंह, राजनीतिक समिति सदस्य दीपक यादव, जिल्ला उपाध्यक्षहरू विनोद ठाकुर, जितेन्द्र पासवान र शंकर पासवान, जिल्ला सचिव कृष्ण कुमार साह र जीवन यादव, नगराइन नगरपालिका नगर संयोजक राम जीवन साह, संजीव झा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय