Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कला लम्सालले आफ्नो नयाँ गीत मायाको झल्को सार्वजनिक गरेकी छन्। सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा श्रोता–दर्शकको ध्यान तान्न थालेको छ।

गीतमा कला लम्सालसँगै बसन्त थापाको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत रामेश परियारले तयार गरेका हुन्। प्रेम र भावनालाई सरल तर मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। म्युजिक भिडियोमा कला लम्साल स्वयं र गंभीर बिष्टको अभिनय देख्न सकिन्छ।

यसअघि लम्सालको चर्चित गीत ‘अन्टि लभर ’ युट्युबमा केही महिनामै करिब २ करोड ७० लाख पटक हेरिएको थियो, जसमा कला लम्साल आफैंले अभिनय गरेकी छिन्।

जसले उनको लोकप्रियतालाई थप मजबुत बनाएको छ। उनले‘छड्के तिलरी’, ‘धानको चामल’, ‘धानेको चिउरा’ र ‘पातली , हेर्न मनाइन्छ’जस्ता चर्चित गीतहरू गाइसकेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय