काठमाडौं, विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनेश थापा को मृत्यु भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आज बिहान करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
थापा कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका प्रतिभाशाली खेलाडी थिए।


