Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजारभन्दा बढी नेपाली विदेशिएको तथ्यांक सार्वजनिक भएको छ। अध्यागमन विभाग का अनुसार अध्ययन, श्रम, पर्यटन तथा व्यवसायका उद्देश्यले नेपालीहरू विदेश जाने क्रम बढ्दो छ।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकाल का अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्।

कोरोना महामारीका बेला विदेशिनेको संख्या घटे पनि त्यसपछि पुनः उल्लेख्य रूपमा वृद्धि भइरहेको विभागले जनाएको छ।
यस्तै, सन् २०१५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपाल भ्रमणपछि स्वदेश फर्किएको तथ्यांक रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय