Tuesday 22 September 2026 / मंगलवार, ६ आश्विन २०८३

काठमाडौँ, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।सो अवसरमा उहाँले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । साथै उहाँले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय गर्नुभयो ।

मन्त्री चौलागाईंले निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा पनि हस्ताक्षर गर्नुभयो । तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सो मन्त्रालयको जिम्मेवारी वनमन्त्री चौलागाईंलाई तोक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय