Friday 1 May 2026 / शुक्रबार, १८ बैशाख २०८३

नेपालगन्ज, नेपाली फिल्म ‘कुमारी’ ले लाइभ म्युजिकल कन्सर्टमार्फत देशव्यापी प्रवर्द्धन अभियान थालेको छ। नेपालगञ्जमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ मा गायक केहरसिंह लिम्बु र टोलीको प्रस्तुति रहेको थियो। कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीको प्रत्यक्ष नृत्यले दर्शकलाई थप उत्साहित बनायो।
फिल्म टोलीले पोखरा, चितवन, काठमाडौं र दमकमा पनि कन्सर्ट आयोजना गर्ने जनाएको छ। ‘कुमारी’ माघ २३ देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय