काठमाडौं: डिभा सुपरमोडेल नेपाल २०२६ भव्य र आकर्षक समारोहका साथ सम्पन्न भएको छ। सौन्दर्य, आत्मविश्वास र प्रतिभालाई राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा अड्रिना वाग्लेले मुख्य उपाधि जित्दै मिस ब्यूटिफुल र बेस्ट ड्रेस को उपाधिसहित रु ५० हजार नगद पुरस्कार प्राप्त गरेकी छन्। रोजिना ठाकुरीले फर्स्ट रनर–अपको उपाधि हासिल गर्दै मिस पर्सनालिटी र बेस्ट इन स्विमवेयरको उपाधि जितेकी छन्। प्रश्वी पौडेलले सेकेन्ड रनर–अपको उपाधि प्राप्त गर्दै बेस्ट वाक को पुरस्कार जितेकी छन्।

त्यसैगरी, शोभा विश्वकर्मा लाई ब्रान्ड एम्बेसडर तथा मिस ग्ल्यामरस को उपाधि प्रदान गरिएको छ। सृष्टि अधिकारी ले पिपुल्स च्वाइस अवार्ड तथा ब्यूटी विथ ट्यालेन्ट को उपाधि जितेकी छन् भने वैष्णवी शिर्पाली ले मिस पपुलर, मिस ट्यालेन्ट र मिस कन्फिडेन्ट को उपाधि प्राप्त गरेकी छन्।

राष्ट्रिय नाचघर, जमल, काठमाडौं मा सम्पन्न उक्त कार्यक्रम सिल्भर स्टार इन्टरटेन्मेन्ट द्वारा आयोजना गरिएको थियो। कार्यक्रमको समग्र व्यवस्थापन, निर्देशन तथा कोरियोग्राफी सनीश शाक्य ले सम्हालेका थिए भने कार्यक्रमको होस्टिङ फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (CIFT) की निर्देशक सुचिता साची, मिसेस नेपाल युनिभर्स २०२३ की प्रथम उपविजेता सुनी सिंह, इथिहाद एयरवेजकी केबिन क्रु ईवा जैसवाल, तथा फेसन कोरियोग्राफर एवं पर्सनालिटी कोच लभिन अन्सारी रहेका थिए। कार्यक्रमले उदीयमान प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा उजागर गर्दै युवतीहरूलाई आत्मविश्वास, सौन्दर्य र व्यक्तित्व अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ। साथै, नेपालकै फेसन तथा सौन्दर्य उद्योगमा नयाँ मानक स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।



