Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मङ्गलबारको तुलनामा आज सुन प्रतितोला रु १,५०० ले घटेको छ भने चाँदी रु ५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख ४०० कायम गरिएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु ४ हजार ८८० निर्धारण भएको छ।
हिजो मङ्गलबार छापावाल सुन रु ३ लाख १ हजार ९०० मा कारोबार भएको थियो भने चाँदी रु ४ हजार ८८५ पुगेको थियो। यसअघि सोमबार सुनको मूल्य रु ३ लाख २ हजार ८०० र चाँदी रु ४ हजार ८६० थियो। साताको पहिलो दिन आइतबार सुन प्रतितोला रु ३ लाख ५ हजार ८०० र चाँदी रु ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन ४ हजार ९२० अमेरिकी डलर तथा चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय