Sunday 28 June 2026 / आईतवार, १४ असार २०८३

‘क्याप्चरद्वारा आयोजना तथा क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजद्वारा प्रस्तुत गरिएको एस अफ मोडल्स – द थन्डर’ नामक मोडलिङ प्रतियोगिता फेसन, अनुशासन र उदीयमान प्रतिभाको उत्कृष्ट उत्सवका रूपमा भव्य रूपमा सम्पन्न भएको छ। जर्मन होम्स, गट्ठाघरमा आयोजित ग्रान्ड फिनाले कार्यक्रम सौन्दर्य, आत्मविश्वास र उत्साहले भरिपूर्ण रह्यो, जहाँ फाइनलिस्टहरूले आफ्नो ३५ दिने रूपान्तरण यात्रालाई सम्मानित निर्णायक मण्डल तथा विशिष्ट अतिथिहरू समक्ष प्रस्तुत गरेका थिए।

प्रतियोगितामा कुसुम सापकोटा ‘फिमेल विनर’ घोषित हुँदै नगद रु. १,००,००० प्राप्त गरिन् भने सुषान्त श्रेष्ठ ‘मेल विनर’ बन्दै नगद रु. १,००,००० सहित ‘मिस्टर नेपाल’मा प्रत्यक्ष प्रवेशको अवसर प्राप्त गरे। त्यसैगरी, सम्रचना थापा मगर (महिला) र निर्विकल्प श्रेष्ठ (पुरुष) फस्ट रनरअपका रूपमा चयन भए ।
३५ दिने व्यावसायिक मोडलिङ प्रशिक्षण कार्यक्रमका रूपमा डिजाइन गरिएको यस प्लेटफर्मले १९ जना प्रतिस्पर्धीलाई व्यापक उद्योगगत अनुभव प्रदान गरेको थियो। कोरियोग्राफर रोहन श्रेष्ठको मार्गदर्शन र निर्देशक पविन्द्र श्रेष्ठको सृजनात्मक निर्देशनमा सहभागीहरूलाई आत्मविश्वासी, अनुशासित तथा मञ्च–तयार मोडलका रूपमा परिष्कृत गरिएको थियो।

आइईसी ग्रुपका प्रबन्ध निर्देशक शैलजा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनद्वय ज्वाला राज पोखरेल र सोनम सुब्बा लिम्बु, फेस अफ नेपाल २०२३ विजेता कशिश लिम्बु, एस अफ मोडल्सका विजेता प्रिन्सेस मिस्टर नेपाल २०२५ हिमाञ्चल राज केसी, क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अनिश गौतम तथा बाबल वेयर्सका प्रमुख कार्यकारी अधिकृत बिराट गिरीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय