Tuesday 21 April 2026 / मंगलवार, ८ बैशाख २०८३

शुभेच्छा मेयाङ्बो मिसेस नोबेल नेपाल २०२६ को ताज जित्न सफल भएकी छन्। राजधानीस्थित ज्यापु एकेडेमीमा सोमबार अपराह्न आयोजित भव्य समारोहमा उनलाई विजेताको घोषणा गरिएको हो। विजेतासँगै उनले फेसन कलेजमा छात्रवृत्ति तथा अन्य आकर्षक उपहारहरू पनि प्राप्त गरिन्। प्रतियोगिता हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजना गरिएको थियो। सुष्मा कार्की फस्ट रनरअप घोषित भइन् भने देवकी कार्की खड्का सेकेण्ड रनरअप बन्न सफल भइन्।
मुख्य उपाधिसँगै शुभेच्छा मेयाङ्बोले ‘बेस्ट ट्यालेन्ट’ अवार्डसमेत हात पारिन्। सुष्मा कार्कीले ‘बेस्ट फोटोजेनिक’ र ‘पब्लिक च्वाइस भिडियो’ उपाधि जितिन् भने देवकी कार्की खड्काले ‘मोस्ट डिलिजेन्ट’ अवार्ड प्राप्त गरिन्।

करिब डेढ दर्जन प्रतियोगीहरूले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको मार्गदर्शनमा सघन तालिम लिएका थिए। तालिमअन्तर्गत व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास अभिवृद्धि तथा समग्र प्रस्तुतीकरण क्षमतामा निखार ल्याइएको थियो। निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी सराज गराज, फेसन डिजाइनर सुक्निता चौलागाईं, नृत्य प्रशिक्षक राहुल शाह, नायिका ऋचा थापा, मिसेस हिमालयन नेपाल २०२५ प्रनिता क्षेत्री तथा फेसन डिजाइनर एवं मिसेस ग्लोबल नेपाल २०२४ विजेता सुनिता भुजेल रहेका थिए। कार्यक्रमको व्यवस्थापन कोमलनाथ खतिवडाले गरेका थिए भने कार्यक्रमको सञ्चालन मिडिया व्यक्तित्व तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय