Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं, राष्ट्रिय सुरक्षा परिषद् को बैठक सिंहदरबारमा बसेको छ। प्रतिनिधि सभाको निर्वाचनको अघिल्लो दिन परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्की को अध्यक्षतामा बैठक बसेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा देशको समसामयिक अवस्था, प्रतिनिधि सभा निर्वाचनको तयारी, शान्ति–सुरक्षा व्यवस्थापन तथा सुरक्षा रणनीतिबारे विस्तृत छलफल भइरहेको छ।
यसअघि निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो। गृहमन्त्री ओमप्रकाश अर्याल को अध्यक्षतामा गृह मन्त्रालयमा आयोजित उक्त बैठकमा निर्वाचन तयारी र सुरक्षा सतर्कताका विषयमा समीक्षा गरिएको जनाइएको छ।

सरकारले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा संयन्त्र सक्रिय बनाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय