काठमाडौं, रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन्।
अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। अब ३ हजार ३६५ मत गणना गर्न बाँकी छ। बाँकी मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि रहेकाले उनको जित सुनिश्चित भएको छ।
यद्यपि, मतगणना पूरा गरी औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।


