Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं , हाल नेपालमा माथिल्लो वायुमण्डलमा उच्च चापको प्रभाव र पूर्वी क्षेत्रको तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा भने हुस्सु लागेको छ।

महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको जनाएको छ।

काठमाडौं उपत्यकामा पनि आज दिनभर सामान्य बदली रहने र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।त्यस्तै राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती प्रदेशका एक–दुई स्थान र कोशी प्रदेशको तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय