Wednesday 22 April 2026 / बुधबार, ९ बैशाख २०८३

तेहरान, मसउद पेजेश्कियनले इरानको एक इन्च भू–भाग पनि शत्रुले कब्जा गर्न नदिने स्पष्ट पारेका छन्। उनले केही शक्तिहरूले आफ्ना भनाइको गलत व्याख्या गरेर भ्रम फैलाउन खोजेको आरोप लगाउँदै इरान सधैं छिमेकी राष्ट्रहरूसँग शान्तिपूर्ण र भाइचारा सम्बन्ध कायम राख्न इच्छुक रहेको बताए।

पेजेश्कियनले भने, “यदि कुनै देशको भूमिबाट इरानमाथि आक्रमण हुन्छ भने हामी आफ्नो सुरक्षा सुनिश्चित गर्न जवाफी कदम चाल्न सक्छौं। तर यसको अर्थ छिमेकीसँग विवाद होइन।” उनले क्षेत्रीय तनावबाट प्रभावित जनताप्रति सहानुभूति व्यक्त गर्दै इरान शान्तिको पक्षमा रहेको दोहोर्याए।

इरान र पश्चिमबीच जारी तनाव तथा मध्यपूर्वको बदलिँदो राजनीतिक परिस्थितिले विश्व ऊर्जा बजारमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। इरानी नेतृत्वले भने देशको सार्वभौमिकता र सुरक्षा सर्वोपरि रहने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय