Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, जवाफदेहिता निगरानी समितिले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको समग्र प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। समितिले पीडित समुदाय, नागरिक समाज र मिडियासहित आम नागरिकको जानकारी पाउने अधिकारको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले प्रेस विज्ञप्ति जारी गर्दै भने,
“प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने कुरा सरकारको विवेकको विषय होइन। जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो। छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नु सरकारको दायित्व हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय