काठमाडौं, बगदाद मा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ। Iran ले बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सले का अनुसार इरानी मिसाइल दूतावासको भवनतर्फ ठोक्किँदा आकाशमा धुवाँको मुस्लो देखिएको थियो। यद्यपि आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।
त्यस्तै Associated Press (एपी) ले इरानी मिसाइल दूतावास परिसरभित्र रहेको हेलिप्याड (हेलिकप्टर अवतरण गर्ने स्थान) मा खसेको जनाएको छ।
यसैबीच Agence France-Presse (एएफपी) ले स्रोतलाई उद्धृत गर्दै दूतावासमा ड्रोन आक्रमण भएको जानकारी दिएको छ।
त्यसैगरी Al Jazeera का अनुसार शनिबार बिहान सबेरै दूतावास क्षेत्रमा आक्रमण भएपछि धुवाँ उडिरहेको देखिएको थियो। सुरक्षा अधिकारीहरूले दूतावास परिसरभित्र रहेको हेलिप्याडलाई लक्षित गरी मिसाइल प्रहार गरिएको बताएका छन्।


