राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले ललितपुरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै जनताको अभिमतलाई सम्मान गर्न र देश तथा जनताको पक्षमा जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्।
सभापतिले भने, “सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने वा प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई छैन। सञ्चारमाध्यममा विचार गरेर बोल्नुहोस्, वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने सोच्नुहोस्, र नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुस्। हामीमाथि देश बनाउने र परिवर्तन गर्ने जिम्मेवारी छ। जनताले दिएको अभिमतको पूर्ण सम्मान गर्दै सकारात्मक परिवर्तनका लागि


