Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

स्याङ्जा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जा जिल्लाबाट कुल ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २२१ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुने तयारीमा छन्।

आगामी चैत्र १९ गतेबाट सुरु हुने एसईई परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा केही बढी देखिएको छ। तथ्यांकअनुसार २ हजार १७४ छात्र र २ हजार १०१ छात्रा परीक्षामा सहभागी हुनेछन्। यस अनुसार छात्रको संख्या ७३ जनाले बढी रहेको छ।

त्यसैगरी, प्राविधिक धारतर्फ जिल्लाका ६ वटा विद्यालयबाट ११६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् भने संस्कृत तथा वेदविद्याश्रम धारतर्फ १६ जना विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्।
जिल्लाभरका ११ वटा स्थानीय तहमा २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्रत्येक परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक वा सहायक प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय