काठमाडौँ, नयाँ नेपाली गीत ‘सेतो फूल’ सार्वजनिक गरिएको छ। गीतमा गायक राकेश लुवागुन र प्रणिता तामाङको स्वर रहेको छ। गीतको संगीत तथा शब्द प्रकाश बस्नेतले तयार पारेका हुन् भने भिडियोको सिनेमाटोग्राफी योगेश साम्सुहाङले गरेका छन्।
त्यस्तै, गीतको BGM भोकल सोनाम ओङ्मु एथेनप्सले दिएका छन्। सार्वजनिक भएको ‘सेतो फूल’ गीतलाई दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ।

