Thursday 16 April 2026 / बिहीबार, ३ बैशाख २०८३

काठमाडौं, राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) नेपालमा आवद्ध फोटोपत्रकारहरूको एक टोलीले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटोपत्रकारले भोग्नुपरेका समस्या अवगत गराएका थिए ।

सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीमा सस्थाका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

उक्त अवसरमा अध्यक्ष वन्तले सभामुख अर्याललाई पदभार सम्हालेकोमा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराएका थिए । उनले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल आवश्यक रहेको उल्लेख गरेका थिए ।

उक्त भेटको क्रममा सभामुख अर्यालले हाल संसद् बैठक सञ्चालन भइरहेको स्थान अस्थायी रहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्नु भयो । नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको र निकट भविष्यमै नयाँ भवनमा वैठक सुरु गर्ने योजना रहेको उहाँले बताउनु भयो । फोटो पत्रकारहरूको पेशागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय