Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

‘नाँच्छु रोधी घरैमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडिओमा राजेश हमाल र करिश्मा मानन्धर को अभिनय देख्न सकिन्छ। जोडीका रूपमा प्रस्तुत भएका उनीहरूले भिडिओमा आकर्षक नृत्य गरेका छन्।
एकनारायण भण्डारी को शब्द रहेको गीतमा प्रतिक्षा गुरुङ को स्वर रहेको छ। गीतको संगीत दीपक शर्मा ले दिएका हुन् भने एरेन्ज नरेन्द्र बियोगी ले गरेका छन्।

भिडिओको सुरुवातमा हमाल र मानन्धरबीचको संवाद राखिएको छ। खिम बहादुर थापा निर्माता रहेको यस भिडिओलाई देवेन्द्र पाण्डे ले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेले यसअघि पनि हमाललाई लिएर दर्जनभन्दा बढी म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।
कुनै समय राजेश हमालको पछाडि कोरसमा नाचेका देवेन्द्र अहिले सफल म्युजिक भिडिओ निर्देशकका रूपमा स्थापित भएका छन्। करिब तीन वर्षअघि पनि उनले हमाल र मानन्धरलाई लिएर अर्को म्युजिक भिडिओ निर्माण गरेका थिए।

भिडिओको छायांकन उत्सव दाहाल ले गरेका हुन् भने सम्पादन विकाश दाहाल ले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय