Wednesday 22 April 2026 / बुधबार, ९ बैशाख २०८३

काठमाडौं, गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट अलग भएको बताएका हुन्। पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व नदेखियोस् र छानबिन प्रक्रियामा असर नपरोस् भन्ने हेतुले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

उनको राजीनामापछि राजनीतिक वृत्तमा यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय