Friday 1 May 2026 / शुक्रबार, १८ बैशाख २०८३

काठमाडौँ, ललितपुरस्थित Everest Engineering College (EEC) को आयोजनामा ‘Civil Engineering Innovations & Sustainable Development (CEISD–2026)’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज Nepal Administrative Staff College (NASC), जावलाखेलमा औपचारिक रूपमा सुरु भएको छ। सिभिल इन्जिनियरिङ क्षेत्रमा नवप्रवर्तन, दिगो विकास तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको छ।

सम्मेलनको उद्घाटन सत्र बिहान ९:०० बजेदेखि सुरु भएको हो। कार्यक्रममा प्रमुख अतिथि Pokhara University का उपकुलपति Bedaraj Kc को विशेष उपस्थिति रहेको थियो। उहाँले आफ्नो मन्तव्यमा दिगो पूर्वाधार विकास, अनुसन्धान–आधारित शिक्षा तथा नवप्रवर्तनलाई सशक्त बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। साथै, यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले ज्ञान आदानप्रदान, अनुसन्धान सहकार्य तथा प्राविधिक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

उद्घाटन सत्रसँगै सञ्चालन भइरहेको प्राविधिक सत्रहरूमा विभिन्न देशका विशेषज्ञ वक्ताहरू (Keynote Speakers) ले सिभिल इन्जिनियरिङका समसामयिक चुनौती, प्रविधिगत रूपान्तरण तथा दिगो विकाससँग सम्बन्धित विषयहरूमा गहन प्रस्तुतीकरण गरिरहेका छन्। सह–प्राचार्य एसोसिएट प्रोफेसर इन्जिनियर Rajan Lama का अनुसार यस सम्मेलनमा अष्ट्रेलिया, जर्मनी, नेपाल, भारत, United Arab Emirates तथा जापान गरी ६ देशबाट ४० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गरिनेछन्। उहाँका अनुसार यसले सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान आदानप्रदान तथा अनुसन्धान सहकार्यको प्रभावकारी मञ्चका रूपमा स्थापित गरेको छ।

दिउँसो १:०० बजेदेखि ४:३० बजेसम्म सञ्चालन हुने थिम–आधारित समानान्तर सत्रहरूमा चार प्रमुख विषयहरूमा केन्द्रित प्रस्तुतीकरण तथा छलफल गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय