काठमाडौँ, केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका केपी शर्मा ओलीको घाउमा संक्रमण देखिएको छ। चिकित्सकहरूका अनुसार संक्रमण नियन्त्रणयोग्य अवस्थामा रहे पनि सावधानी अत्यन्त आवश्यक भएकाले उनलाई कम्तीमा १० दिन पूर्ण आराम गर्न सल्लाह दिइएको छ।
उनी हाल चिकित्सकहरूको निगरानीमा रहेका छन् र आवश्यक औषधि तथा उपचार जारी राखिएको छ। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भेटघाट तथा सार्वजनिक गतिविधि पनि केही समयका लागि सीमित गर्न सुझाव दिइएको छ।


