Monday 4 May 2026 / सोमबार, २१ बैशाख २०८३

म्यानमारकी पूर्वनेतृ Aung San Suu Kyiलाई थुनाबाट नजरबन्दमा सारिएको त्यहाँको सत्तारूढ सेनाले जनाएको छ। ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई 2021 Myanmar military coupपछि राजधानी ने पि ताबस्थित सैन्य जेलमा राखिएको थियो।
सैन्य नेता Min Aung Hlaingको विज्ञप्तिअनुसार अब उनले आफ्नो बाँकी सजाय तोकिएको निवासमै बिताउनेछिन्।

तर, उनका छोरा किम एरिसले यस दाबीप्रति शंका व्यक्त गर्दै सुकीको वास्तविक अवस्था र स्थानबारे कुनै ठोस प्रमाण नभएको बताएका छन्।

उनका परिवार र कानुनी टोलीले लामो समयदेखि सम्पर्क गर्न नसकेको भन्दै सुकीको स्वास्थ्य र अवस्था अझै अनिश्चित रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय