Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौँ, नेपाली सांगीतिक क्षेत्रमा प्रतिक्षित म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएको छ। रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको यस प्रस्तुतीलाई रेशम नेप्किङले प्रस्तुत गरेका हुन्। सार्वजनिक भएसँगै भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

म्युजिक भिडियोमा प्रमुख कलाकारका रूपमा रेशम नेप्किङ र प्रमिता राजघताने फिचर भएका छन्। भिडियोमा प्रेम, सम्बन्ध र भावनात्मक अनुभूति आकर्षक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको देखिन्छ।

गीतमा स्वर सुरेश लामा र अन्नु चौधरीले दिएका छन् भने शब्द तथा संगीत रबिन भुसालको रहेको छ। एरेन्जमेन्ट बिशाल निरौला तथा मिक्सिङ/मास्टेरिङ रेकर्डिस्ट रञ्जन राईले गरेका हुन्।

भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्, जसले कोरियोग्राफीको जिम्मेवारी समेत सम्हालेका छन्। सिनेमाटोग्राफी महेश महराको रहेको छ भने सम्पादन स्टेशन बी. स्टार फिल्म्सले गरेको हो। कलर मिलान बिश्वकर्मा, मेकअप पूनम चौधरी तथा Dress Design भ्यालेन्टिनो द बुटिकको रहेको जानकारी दिइएको छ।

बी स्टार फिल्म्सको ब्यानरमा निर्माण गरिएको “तिमिलाई हसाउने” उच्च गुणस्तर (4K) मा सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै भिडियोप्रति दर्शक तथा संगीतप्रेमीको उत्साह देखिएको छ।

रोमान्टिक भावनाले भरिएको यस गीत र भिडियोले नेपाली संगीत क्षेत्रमा राम्रो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय