Thursday 4 June 2026 / बिहीबार, २१ जेष्ठ २०८३

एल.वि. (सागर) श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष
एनएफपिजे नेपाल

काठमाडौं, एउटा छुटै ईतिहास बोकेको, नेपाल, नेपालको पर्यटकिय क्षेत्रहरु र साँस्कृतिक धरोहरालाई फोटोको माध्यमबाटै विश्वमा चिनाउन लागि परिरहेको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका फोटो पत्रकारहरुले हालसालै बंगलादेशको भ्रमण सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनको निमन्त्रणामा बंगलादेश प्रस्थान गरेको हो । नेपाल र बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहेको “मित्रता र भाइचारा” सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो भ्रमणले दुई देशबीचको पत्रकारिता, संस्कृति, पर्यटन र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

टोलीमा वरिष्ठ उपाध्यक्ष लेख बहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा तथा साधारण सदस्य रामशरण ‘अजय’ महर्जन लगायत सहभागी भएका थिए ।

भ्रमणको मुख्य उद्देश्य

नेपाल र बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहेको “मित्रता र भाइचारा” सम्बन्धलाई थप मजबुत बनाउने यो भ्रमणको मूल उद्देश्य रहेको थियो साथै नेपाल र बंगलादेशबीच फोटो पत्रकारितामार्फत स्थापित सम्बन्धलाई थप विस्तार गर्नु, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्नु तथा दुवै देशका फोटो पत्रकारबीच अनुभव आदान–प्रदान गर्नु रहेको थियो ।
विशेष गरी नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नु, नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता र व्यावसायिक क्षमता प्रस्तुत गर्नु, प्रेस स्वतन्त्रता, फोटो पत्रकारिताको चुनौती र सुरक्षा सम्बन्धी अनुभव साझा गर्नु, दक्षिण एसियाली फोटो पत्रकारितामा सहकार्यको वातावरण निर्माण गर्नु, आगामी दिनमा संयुक्त प्रदर्शनी, तालिम तथा आदान–प्रदान कार्यक्रम सञ्चालनको आधार तयार गर्नु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।

“सुन्दर नेपाल” फोटो प्रदर्शनी
भ्रमणकै क्रममा ढाकामा आयोजित “सुन्दर नेपाल” शीर्षकको फोटो प्रदर्शनी भ्रमणको प्रमुख आकर्षण बनेको थियो। कार्यक्रममा बंगलादेशका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने हसन हफिजले प्रदर्शनी उद्घाटन गरेका थिए।

प्रदर्शनीमा नेपालको हिमाल, पहाड, तराई, धार्मिक सम्पदा, सांस्कृतिक विविधता, जनजीवन तथा प्राकृतिक सौन्दर्य झल्काउने ४० भन्दा बढी तस्बिरहरू प्रदर्शन गरिएको थियो। नेपाली फोटोपत्रकारहरूले खिचेका ती तस्बिरहरूले नेपाललाई केवल पर्यटकीय गन्तव्य मात्र नभई सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा प्रस्तुत गरेका थिए।
प्रदर्शनी अवलोकन गर्ने बंगलादेशी अतिथि, सञ्चारकर्मी तथा दर्शकहरूले नेपाली फोटोपत्रकारहरूको प्रस्तुतीकरण, दृष्टिकोण र सिर्जनशीलताको उच्च प्रशंसा गरेका थिए।

‘Photographer on the Street’अन्तर्राष्ट्रिय सेमिनार

भ्रमणको अर्को पाटो रहेको थियो ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेश (एक्ष्द्य) मा “एजयतयनचबउजभच यल तजभ क्तचभभत” शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको थियो। सडक आन्दोलन, जनउठान र द्वन्द्वका बेला फोटो पत्रकारिताको भूमिका विषयमा केन्द्रित उक्त कार्यक्रममा नेपाल र बंगलादेशका अग्रणी फोटो पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एक्ष्द्य का महानिर्देशक फरुक वासिफले स्वागत मन्तव्य राख्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन फोटो पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो पत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे। त्यसैगरि नेपालमा फोटो पत्रकारिताको ईतिहास, वर्तमान परिस्थिति र जुनसुकै आन्दोलनमा फोटो पत्रकारहरु साक्षी बनेर आफ्नो व्यवसायलाई मध्यनजर गर्दै फोटो पत्रकारिता गरिरहेको विषयमा संस्थाका अध्यक्ष प्रदिपराज वन्तले स्पष्ट पार्नु भएको थियो ।
त्यसैगरि विश्वलाई नै चकित पारेको नेपालको जेन्जी आन्दोलनको बेलामा फोटो पत्रकारहरुले खेलेको भूमिका, फोटो पत्रकारहरुले झेल्नु परेको कष्ट आदीको विषयमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले स्पष्ट पार्नु भएको थियो ।

प्यानल छलफलमाः
बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गनी चौधरी, बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त, बीपीजेएका महासचिव बाबुल तालुकदार, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायतले आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए । छलफलका क्रममा सडक आन्दोलनका बेला फोटो खिच्दा सामना गर्नुपर्ने जोखिम, प्रेस स्वतन्त्रता, नैतिकता, सुरक्षा चुनौती तथा पत्रकारको जिम्मेवारीबारे गहन बहस भएको थियो।

अन्तर्राष्ट्रिय सम्मान र पहिचान

ढाकामा आयोजित “इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६” कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका १० सदस्य सम्मानित भएका थिए । बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारी, बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

नेपाली टोलीलाई सम्मान प्रदान गरिनु केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेको सम्मान र पहिचानका रूपमा हेरिएको छ । यो सम्मानले फोटो पत्रकारहरुको व्यक्तिगत प्रोफाईल बनाउनलाई मद्धत मिलेकोकुरा अध्यक्ष वन्तले बताउनु भएको छ ।


बंगलादेश सरकारका मन्त्रीसँग भेटघाट

भ्रमणका क्रममा नेपाली फोटो पत्रकार टोलीले बंगलादेशका सूचना तथा प्रसारण मन्त्री जाहिर उद्दिन स्वप्नसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसरसमेत पाएको थियो। मन्त्री स्वप्नले नेपाली टोलीलाई आत्मीय स्वागत गर्दै नेपाल–बंगलादेश सम्बन्धलाई थप मजबुत बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

नेपाली टोलीले पनि बंगलादेश सरकार, आयोजक संस्था तथा सम्पूर्ण फोटो पत्रकार समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गरेको थियो।

भ्रमणका क्रममा अवलोकन गरिएका क्षेत्रहरू
नेपाली फोटो पत्रकार टोलीले ढाका, कक्स बजार, चिट्टगाउँ लगायत बंगलादेशका प्रमुख क्षेत्रहरूको अवलोकन गरेको थियो। भ्रमणले बंगलादेशको संस्कृति, पर्यटन, सञ्चार अभ्यास तथा जनजीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

त्यसैगरी नेपाली टोलीले बंगलादेशका फोटो पत्रकारहरूसँग प्रत्यक्ष संवाद गर्दै त्यहाँको सञ्चार वातावरण, समाचार संकलन प्रक्रिया तथा डिजिटल फोटो पत्रकारिताको अभ्यासबारे जानकारी आदान–प्रदान गरेको थियो।

भ्रमणबाट नेपाललाई भएको फाइदा

यस भ्रमणबाट नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छः
१. पर्यटन प्रवद्र्धन
“सुन्दर नेपाल” प्रदर्शनीमार्फत नेपालको पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अन्तर्राष्ट्रिय प्रचार भएको छ। यसले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने विश्वास गरिएको छ।

२. अन्तर्राष्ट्रिय पहिचान
नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता र व्यावसायिक क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको छ।

३. पत्रकारिता सहकार्य
दुवै देशका पत्रकारबीच सम्बन्ध विस्तार भएको छ, जसले भविष्यमा संयुक्त कार्यक्रम, तालिम र सहकार्यका सम्भावना बढाएको छ।

४. अनुभव आदान–प्रदान
नेपालका फोटो पत्रकारहरूले अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्, जसले पेशागत क्षमता अभिवृद्धिमा सहयोग पु¥याउनेछ।

बंगलादेशलाई भएको फाइदा
१. सांस्कृतिक सम्बन्ध विस्तार
नेपालसँगको सांस्कृतिक र पत्रकारिता सम्बन्ध अझ बलियो बनेको छ।

२. पर्यटन र मिडिया सहकार्य
नेपालको पर्यटन प्रवद्र्धनसँगै बंगलादेशका सञ्चारमाध्यमले दक्षिण एसियाली सहकार्यलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने अवसर पाएका छन्।

३. व्यावसायिक नेटवर्क विस्तार
फोटो पत्रकारहरूबीचको सहकार्यले अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा योगदान पु¥याएको छ।

विगतदेखि निरन्तर सहकार्य
नेपाल र बंगलादेशबीच फोटो पत्रकारितामार्फतको सम्बन्ध नयाँ होइन । विगत दुई दशकभन्दा बढी समयदेखि दुवै देशका फोटो पत्रकार संस्थाबीच मित्रता, अनुभव आदान–प्रदान, संयुक्त कार्यक्रम तथा सांस्कृतिक सहकार्य हुँदै आएको छ ।

यसपटकको भ्रमणले त्यो सम्बन्धलाई अझ संस्थागत, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली बनाउने काम गरेको सहभागीहरूको भनाइ छ ।

निष्कर्ष
नेपाल–बंगलादेश फोटो पत्रकार आदान–प्रदान कार्यक्रम २०२६ केवल औपचारिक भ्रमण मात्र नभई मित्रता, संस्कृति, पत्रकारिता र पर्यटन प्रवद्र्धनको प्रभावकारी अभियानका रूपमा सफल भएको छ ।

“सुन्दर नेपाल” फोटो प्रदर्शनी, अन्तर्राष्ट्रिय सेमिनार, सम्मान कार्यक्रम तथा उच्चस्तरीय भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।

फोटो पत्रकारितालाई माध्यम बनाएर सुरु गरिएको यो सहकार्यले भविष्यमा दक्षिण एसियाली पत्रकारिता सहकार्य, प्रेस स्वतन्त्रता, सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवद्र्धनमा अझ महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय