Wednesday 17 June 2026 / बुधबार, ३ असार २०८३

काठमाडौँ, नेपालको औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ । युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो । उहाँ नेपाल औषधि उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

एमडीएच फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ । यो दम, निमोनियासहित फोक्सोका रोगीहरूका उपचारमा प्रयोग गरिन्छ । सो औषधि कम्पनीले औषधि अनुसन्धान र विकासमा अग्रणी भूमिकासमेत निर्वाह गरिराखेको छ ।

प्रमुख कार्यकारी अधिकृत दाहालले भन्नुभयो, “युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा स्थापित ‘क्वालिटी अचिभमेन्ट अवार्ड नेपाली औषधि कम्पनीले प्राप्त गर्नु गौरवको विषय हो ।” सो कम्पनीले पशु तथा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय