Thursday 18 June 2026 / बिहीबार, ४ असार २०८३

ललितपुर, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा MŌDA Yoga Studio ले असार ७ गते (जुन २१, २०२६) ललितपुरको बखुण्डोलस्थित Kundalini Aayurveda मा ‘MŌDA Yoga Festival 2026’ आयोजना गर्ने भएको छ।

योग, संगीत, ध्यान तथा समग्र स्वास्थ्य प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना हुने महोत्सव बिहान ७ बजेदेखि निःशुल्क सामुदायिक हठयोग सत्रबाट सुरु हुनेछ। त्यसपछि पिज्जा महर्जनको नेतृत्वमा निःशुल्क Inversion तथा Handstand Workshop सञ्चालन गरिनेछ। महोत्सवमा प्रभावशाली व्यक्तित्व तथा कन्टेन्ट क्रिएटरहरूका लागि विशेष Yoga, Sound Healing तथा Wellness Brunch कार्यक्रम पनि राखिएको छ। उक्त सत्रको नेतृत्व रोनाली अमात्यको टोलीले गर्नेछ।

दिउँसो १:३० बजेदेखि Conscious Marketplace सञ्चालन हुनेछ, जहाँ स्थानीय अर्गानिक उत्पादन, दिगो फेसन, खाद्य सामग्री तथा स्वास्थ्यसम्बन्धी विभिन्न स्टलहरू रहनेछन्।
साँझ रोशन महर्जन र टोलीको लाइभ इन्स्ट्रुमेन्टल प्रस्तुति रहनेछ भने कार्यक्रमको समापन सजल न्यौपाने र टोलीको नेतृत्वमा हुने Sunset Kirtan Concert मार्फत गरिने आयोजकले जनाएको छ। योग, कला, संगीत, सचेत जीवनशैली र स्थानीय उद्यमलाई एकै स्थानमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यो महोत्सव अन्तर्राष्ट्रिय योग दिवसको विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय