काठमाडौं, टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। #VisitNepal नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। साथै, यसले पर्यटकहरूलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग गर्नेछ।
तीन दिनसम्म सञ्चालन हुने यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीहरू एकत्रित भएर शर्ट भिडियो क्रिएशन, ऑडियंस एंगेजमेंट, डिजिटल स्टोरीटेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेम


