Saturday 27 June 2026 / शनिबार, १३ असार २०८३

काठमाडौं, नेपाली फिल्म ‘लालीबजार’ ले प्रदर्शनको ५१औँ दिन पूरा गर्दै सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। देशभरका प्रमुख सिनेमा हलमा दर्शकको राम्रो साथ पाइरहेको फिल्म अब अन्तर्राष्ट्रिय प्रदर्शनको यात्रामा निस्किएको छ।

निर्माण टिमका अनुसार फिल्म युरोपका विभिन्न देशमा प्रदर्शन सुरु भइसकेको छ भने जापान, अस्ट्रेलिया र अमेरिकामा पनि चाँडै प्रदर्शन गरिनेछ। घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्म १० करोड क्लब नजिक पुगेको बताइएको छ।

यम थापाको निर्देशन रहेको ‘लालीबजार’ षट्कोण आट्र्सको निर्माणमा बनेको हो। नयाँ कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीसहित अनुभवी कलाकारहरूको अभिनय रहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै सफल यात्रा जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय