Monday 12 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौं, साउन १६ — मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित भव्य ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भइन्।

यसैगरी, आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन्। प्रतियोगिताको निर्णायक मण्डलमा मिस कोस्मो योलिंडा लिंडक्विस्ट सहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व सहभागी थिए। प्रतियोगिता द हिडन ट्रेजरले आयोजना गरेको हो।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितिसकेकी छन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्न सफल भएकी थिइन्। साथै, नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरका रूपमा पनि सक्रिय रहेकी दीपमालाले मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने लक्ष्य रहेको बताउँदै आएकी छन्।

रोचक संयोग के छ भने, उनकी आमाले पनि सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। अब दीपमालाले मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्नेछिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय