Sunday 2 August 2026 / आईतवार, १७ श्रावण २०८३

मिस एण्ड मिसेस् नेपाल इन्टरनेसनल वर्ल्ड २०२६ शीर्षक अन्तर्गत संचालन भएको व्यक्तित्व, बौद्धिकता, सक्षमता र सौन्दर्य सम्बन्धीत प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मिस तर्फ विपिशा भट्टराई र मिसेस् तर्फ रोजी श्रेष्ठ शीर्ष उपाधि विजेता बन्न सफल भएका छन् । भरत समारी नेतृत्वको समारी इन्टरनेसनल इभेन्टस्को ब्यानरमा राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको सो प्रतियोगितका विजेताका रुपमा विपिशा र रोजीले जनही नगद पुरस्कार रु पचास हजारका साथमा विभिन्न पुरस्कार तथा उपहार पनि प्राप्त गरेका थिए ।

बिहे सेवाको पावर्ड बाई साथ रहेको यस प्रतियोगितामा मिस तर्फ नुमा फुङ राई फस्र्ट रनर अप तथा मिसेस् तर्फ कल्पना प्रसाईं, कामना फस्र्ट रनर अप चयन भएका थिए । मिसेस् तर्फ सरिता राई सेकेन्ड रनर अप, गम्भीर गंगा थर्ड रनर अप तथा गीता देवी अर्याल फोर्थ रनर अप छनौट भएका थिए । प्रतियोगितामा कल्पना राई पब्लिक च्वाइस, तीर्थ कुमारी मगर भ्युअर च्वाइस तथा हेमा कुमारी राजवंशी म्यानेज्मेन्ट च्वाइस अवार्ड तर्फ विजेता चयन भएका थिए । प्रतियोगितामा राधा न्यौपाने ढकाललाई मिसेस् एशिया इन्टरनेसनल नेपाल २०२६ तथा दुर्गा देवी थापालाई क्लासिक मिसेस् एशिया इन्टरनेसनल नेपाल २०२६ उपाधिबाट प्रदान गरिएको थियो ।

संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा सहभागिहरु पटुकी पोशाक, एमकेएम फेसन हाउस तथा द ग्ल्याम अपका मनमोहक लेहेंगाहरु देखि आईआईएफटी नेपालका विद्यार्थी फेसन डिजाइनरहरुले तयार पारेका पेजेन्ट गाउनमा प्रतिस्पर्धाको मैदान देखिएका थिए । डान्स कोरियोग्राफर रिना श्रेष्ठको निर्देशन अन्तर्गत नेपाली साँस्कृतिक पहिरनमा सहभागिहरुको स्वागत नृत्य प्रस्तुति संगै आरम्भ भएको सो प्रतियोगितात्मक कार्यक्रममा प्रतिनिधिसभाका सांसद राजीव खत्री प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मिसेस् नेपाल इन्टरनेसनल वर्ल्ड २०२५ का विजेता चन्दु बलामी, अधिवक्ता लिजा राई, गायक एवं संचारकर्मी निर्णय श्रेष्ठ, मनासलु वल्र्ड कलेजका संस्थापक अध्यक्ष गेन्द« लामा निणार्यक तथा वरिष्ठ सेफ गोविन्द नरसिंह के.सी. प्रमुख निर्णायकको भूमिकामा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय