Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप मजबुत बनाउने बताएका छन्।

विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता नै नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन्।
नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार, समावेशी तथा सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वान गरेका छन्।

आदिवासी समुदायको हक, अधिकार, संस्कृति तथा पहिचानको सम्मान गर्ने यस अवसरमा अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय