Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौं, अविरल वर्षासँगै ललितपुर र भक्तपुरसहित देशका २५ जिल्लामा शुक्रबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ती जिल्लाका साना–ठूला नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट तथा आसपासका क्षेत्रमा बहाव बढ्ने पूर्वानुमान गरिएको हो।

महाशाखाले ती जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। यस्तै, त्रिशूली, सप्तकोसी, कर्णाली र महाकालीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय