Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

नयाँदिल्ली, तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८ जना भारतीय बेपत्ता भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार नेपाल र तिब्बतमा आएको प्रलयकारी बाढी पछि २८८ जना भारतीय नागरिकहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ। बाढीका कारण तिब्बतमा करिब २०० जना भारतीय नागरिक अलपत्र परेका छन् र उनीहरूले उद्धारको प्रतीक्षा गरिरहेका छन् भनी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आजको पत्रकार सम्मेलनमा बताएका छन्।

‘त्यहाँ केही मानिसहरू हराइरहेका हुन सक्छन् र हामी स्थानीय अधिकारीहरूमार्फत उनीहरूको खोजी गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले आजको भने । जयसवालका अनुसार कैलाश पर्वतको पवित्र तीर्थयात्रा कैलाश मानसरोवर यात्रा का लागि नेपाल गएका २१ जना भारतीय नागरिकको भने उद्धार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय