काठमाडौं, साउन १५ — सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) को मिति परिवर्तन गरेको छ। यसअघि भदौको पहिलो साता आयोजना गर्ने भनिएको अवार्ड समारोह अब भदौ २८ गते आयोजना हुने भएको हो।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मुलुकमा उत्पन्न दुःखद् तथा संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रमको मिति सारिएको आयोजकले जनाएको छ।
सिजन मिडियाका अनुसार अवार्ड समारोहमा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिनेछ।
“यस्ता सम्मानले अग्रजहरूको योगदानको कदर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो पेशा, व्यवसाय र सामाजिक उत्तरदायित्वप्रति थप समर्पित हुन प्रेरणा मिल्ने विश्वास गरेका छौँ,” ।
यस वर्ष नेपालबाहेक विभिन्न एसियाली मुलुकमा सफल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने तयारी भइरहेको सिजन मिडियाले जनाएको छ।
आयोजक: सिजन मिडिया नेपाल, कमलादी, काठमाडौं


