Tuesday 8 September 2026 / मंगलवार, २३ भाद्र २०८३

काठमाडौं, काठमाडौं उपत्यकामा नियम विपरीत सवारी साधन चलाउने ८७२ जना चालकलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको कडा चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने ११६ जना र मादक पदार्थ सेवन (मापसे) गरी चलाउने ६८ जना रहेका छन्। त्यस्तै सिसिटिभीमार्फत ५७, रातोबत्ती उल्लंघन गर्ने ४०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने २४, सवारीको अवस्था ठिक नभएका २५, लेन अनुशासन पालन नगर्ने ११ र एकतर्फी (वन-वे) मार्गमा सवारी चलाउने ७ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने ५२४ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन जाँचलाई थप कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय