Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

काठमाडौं, एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनल खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोली आजको खेल जितेर फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल पछिल्लो खेलको पराजयलाई बिर्सिँदै सजगताका साथ मैदानमा उत्रिँदै छ। अर्कातिर, समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा ठाउँ बनाएको ओमान पनि नेपाललाई हराएर उपाधिनजिक पुग्ने दाउमा छ।

कुल १० टोली सहभागी यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ। प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो सेमिफाइनल खेलमा युएई र हङकङबिच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय