काठमाडौं, नेपालमा हालै गएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनरुत्थान र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो पात्रोका प्रयोगकर्ताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा योगदान पुर्याउने उद्देश्यले हाम्रो पात्रो समुदायमार्फत उक्त रकम संकलन गरिएको हो।
संकलित १ करोड २५ लाख रुपैयाँ हाम्रो पात्रो समुदायका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त सहयोगले विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाम्रो पात्रोका प्रयोगकर्ताहरूको सामूहिक सहयोगमार्फत संकलित यो रकम विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको छ।



