Saturday 12 September 2026 / शनिबार, २७ भाद्र २०८३

कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (Asian Games 2026) मा सहभागी हुन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ।

कर्णाली शिवराजद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा कर्णाली शिवराजका प्रमुख कार्यकारी सञ्चालक ललितानाथ र प्रमुख कार्यकारी अधिकृत अशोक कुमार भट्टले खेलाडी तथा टोली व्यवस्थापनलाई खादा लगाउँदै सफलताको शुभकामनासहित बिदाइ गरे।

सो अवसरमा टोलीलाई उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउन शुभकामना दिइएको थियो। कर्णाली शिवराजले नेपाली भलिबलको विकास र खेलाडीको प्रोत्साहनमा आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय