प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभयो।
राजदूत तोरुले दुःखको यस घडीमा संवेदना व्यक्त गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
भेटवार्तामा नेपाल–जापानबीचको आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यका विषयमा समेत छलफल भएको छ।



